अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०७ | Colorodo: 12:22

ब्राजिलकाे राष्ट्रपतिमा लुइज इनासियो लुला दा सिल्भा

बिआरटीनेपाल २०७९ पुष १८ गते ३:२८ मा प्रकाशित

ब्राजिलको राष्ट्रपतिमा निर्वाचित लुइज इनासियो लुला दा सिल्भाले आइतबार पद तथा गोपनियताको सपथ ग्रहण लिनुभएको छ । तेस्रो पटक राष्ट्रपति बन्नुभएका सिल्भाले आइतबारैबाट आफ्नो कार्यभार समाल्नुभएको हाे । सन् २००३ र सन् २०१० मा पनि देशको बागडोर सम्हाल्नु भएका सिल्भा गत अक्टोबरमा भएको निर्वाचनमा निवर्तमान राष्ट्रपति जैर बोल्सोनारोलाई पारजित गर्दै पुनः राष्ट्रपति बन्नुभएको हो ।

शपथ ग्रहण लगत्तै देशवासीका नाममा सम्बोधन गर्दै उहाँले भग्नावशेषमा परिणत ब्राजिललाई पुननिर्माण गर्ने बचन दिंदै ब्राजिलका जनतालाई आफूमाथि भरोसा गर्न अपील गर्नुभएको छ ।साथै उहाँले पूर्वराष्ट्रपति बोल्सोनारोको कोभिड नीतिको विरोध गर्दै ब्राजिलको जनताको नरसंहार मच्चाएको आरोप समेत लगाउनुभयो । यसैबीच निवर्तमान राष्ट्रपति बोल्सोनारो भने अमेरिका पलायन हुनुभएको छ । ब्राजिलमा सत्ता फेरिएसँगै आफूमाथि राजनीतिक प्रतिसोध साँध्न सकिने डरले बोल्सोनारोले देश छाड्नुभएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू