अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४७ | Colorodo: 10:02

गण्डकीका ज्येष्ठ सदस्य बस्यालद्वारा शपथ ग्रहण

बिआरटीनेपाल २०७९ पुष १३ गते ७:२३ मा प्रकाशित

गण्डकी प्रदेशका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ । आज बुधवार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ६५ वर्षीय बस्याललाई शपथ ग्रहण गराउनुभएकाे हाे । संविधानको धारा १८२ (५) र प्रदेश सभा निर्वाचन ऐन २०७४ को दफा ७५ (१) बमोजिम प्रदेश प्रमुख गुरुङले बस्याललाई शपथ गराउनुभयाे । पर्वत (ख) बाट निर्वाचित बस्यालले पुस १४ गते अन्य सदस्यलाई शपथ ग्रहण गराउनु हुने छ ।

गण्डकीमा प्रत्यक्षमा ३६ र समानुपातिकतर्फ २४ सांसद निर्वाचित भएका छन् । प्रदेश प्रमुख गुरुङले पुस १८ गते प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएकाे छ । संविधानको धारा १८३ को उपधारा १ बमोजिम बोलाइएको प्रदेश सभा अधिवेशनमा पनि ज्येष्ठ सदस्य बस्यालले नै अध्यक्षता ग्रहण गर्नु हुने छ । प्रदेश सभा सुरु भएलगत्तै सरकार गठनका लागि आह्वान गर्ने तयारी छ ।

गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका आठ राप्रपाका दुई र स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गर्नुभएका दीपक (राजीव) गुरुङसहित ६० सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू