अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३९ | Colorodo: 14:54

जोर्डन र स्लोभेनियाका लागि गैरआवासीय राजदूत नियुक्त

बिआरटीनेपाल २०७९ पुष १३ गते ६:३१ मा प्रकाशित

सरकारले इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्य पनि हेर्ने जिम्मेवारी दिएको छ। हाल इजिप्टका आवासीय राजदूत रहेका लम्साललाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जोर्डनको गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको हो ।

यस्तै, अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मीलाई गणतन्त्र स्लोभेनियाका लागि गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ। रेग्मी भियनास्थित संयुक्त राष्ट्र संघ कार्यालयका लागि नेपालका स्थायी प्रतिनिधिसमेत हुनुहुन्छ । लम्साल र रेग्मीलाई नेपालको संविधानको धारा २८२ को (२) बमोजिम गैरआवासीय राजदूतमा नियुक्त गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू