अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१९ | Colorodo: 10:34

गण्डकीमा कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी

बिआरटीनेपाल २०७९ पुष १३ गते ६:३० मा प्रकाशित

नेपाली कांग्रेसको गण्डकी प्रदेश सभा संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी हुनुभएको छ । सम्पन्न मतगणनाअनुसार पाण्डेले १८ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी भोजराज अर्यालले आठ मत पाउँदा एक मत बदर भएको छ ।

संस्थापन पक्षबाट उम्मेदार बन्नुभएका पाण्डेको प्रस्तावकमा विन्दुकुमार थापा र समर्थकमा टकराज गुरुङ हुनुहुन्थ्यो । संस्थापन इतरबाट उम्मेदवार बन्नुभएका अर्यालको प्रस्तावकमा महेन्द्रध्वज जिसी र समर्थकमा पार्वती तामाङ हुनुहुन्थ्यो । गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ नौ गरी २७ सिट जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू