अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३२ | Colorodo: 15:47

कोरोनाको ३० लाख बुस्टर डोज खोप ल्याउने सरकारको तयारी

बिआरटीनेपाल २०७९ पुष १३ गते ६:२९ मा प्रकाशित

सरकारले कोरोनाविरुद्धको बुस्टर खोप दिनका लागि ३० लाख डोज फाइजर खोप ल्याउने तयारी गरेको छ ।कोभ्याक्स सुविधामार्फत ३० लाख डोज खोप दुई साताभित्र ल्याउने तयारी भएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । अल्ट्रा कोल्डचेनको क्षमतालाई हेरेर अहिलेलाई ३० लाख डोज ल्याउन लागिएको र थप खोप निरन्तर ल्याइने शाखाले जनाएको छ । १२ वर्षमाथिका पहिलो बुस्टर डोज लगाएका नागरिकलाई सो खोप दिइने छ ।

दोस्रो बुस्टर मात्रा दिनका लागि हाललाई ६ वटा समूह छुट्टयाइएको छ । त्यसमा ५५ वर्ष वा सोभन्दा माथिका सबै नागरिक, रोग प्रतिरोध क्षमता कम र धेरै कम भएका बिरामी, दीर्घरोग भएका बिरामी, गर्भवती र स्वास्थ्यकर्मी रहेका छन् । दोस्रो बुस्टर मात्राका लागि जनवरी अन्तिममा फाइजर खोप आइपुग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू