अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३६ | Colorodo: 18:51

सरकारको महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त

बिआरटीनेपाल २०७९ पुष १३ गते ६:२६ मा प्रकाशित

सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।

नेपालको संविधानको धारा १५७ (२) बमोजिम राष्ट्रपति भण्डारीले पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू