अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०९ | Colorodo: 12:24

सीके राउतको पार्टीलाई उद्योग मन्त्रालय

बिआरटीनेपाल २०७९ पुष ११ गते ३:१२ मा प्रकाशित

सीके राउत नेतृत्वको पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उद्योग मन्त्रालय पाउने भएको छ । नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धनको बैठकपछि सञ्चार कर्मीहरसँग कुराकानी गर्दै राउतले बैठकमा आफ्नो पार्टीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको बताउनु भयो । भागवण्डामा आफ्नो भागमा परेको मन्त्रालयको पार्टी उपाध्यक्ष अब्दुल खान मन्त्री बन्ने राउतले जानकारी दिनुभयो । खान समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो ।

जनमत पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ५ सिटमा जित हात पारेको थियो । अध्यक्ष राउत नै सरकारमा जाने भनिएता पनि खानलाई पठाइने भएको हो ।

प्रतिक्रिया