अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४३ | Colorodo: 15:58

अमेरिकामा बढ्दो हिमपातका कारण जनजीवन प्रभावित

बिआरटीनेपाल २०७९ पुष ९ गते ३:५६ मा प्रकाशित

अमेरिकामा हिमपातका कारण जनजीवन प्रभावित भएको छ । क्रिसमस र नयाँ वर्षको विदाको समयमा अत्यधिक हिमपातका कारण १० करोड मानिस प्रभावित भएका छन् ।टेक्ससदेखि क्यूबेकसम्म हिमपातसहितको ‘बम साइक्लोन’को गति २ हजार माइल्स रहेको बीबीसीले उल्लेख गरेको छ । हिमपात र आँधीका कारण हजारौं उडान रद्द भए भने १५ लाख मानिस बिजुलीबिहीन भएका थिए ।

क्यानडामा समेत हिमपातक कारण जाडो अत्याधिक बढेको छ । जाडोका कारण हालसम्म १२ जनाको मृत्यु भइसकेको छ । हिमपात र आँधीले सडकमार्ग समेत अवरुद्ध हुँदा ट्राफिक बढ्नुका साथै दुर्घटनाका घटना पनि त्यतिकै बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू