अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०३ | Colorodo: 09:18

महिलालाई विश्वविद्यालय जान रोक नलगाउन अफगान सरकारलाई राष्ट्रसंघको आग्रह

बिआरटीनेपाल २०७९ पुष ७ गते ५:१४ मा प्रकाशित

संयुक्त राष्ट्रसंघले तालिवानी महिलालाई विश्वविद्यालय जान रोक नलगाउन आग्रह गरेको छ । अफगानस्तानको तालिबान सरकारले हालै महिलालाई विश्वविद्यालय जान रोक लगाएसँगै चातर्फी विरोध पनि भइरहेको छ ।राष्ट्रसंघीय वुमन (युएन वुमन) का कार्यकारी निर्देशक सीमा सामी बहाउसले तालिबान सरकारको निर्णयले महिला अधिकारमाथि नियन्त्रण गर्न खोजेको भन्दै तत्काल सच्याउनु आग्रह गरेको हो ।

राष्ट्रसंघले कुनै कारणले महिलाले अधिकार हनन् हुने अवस्था नल्याउन आग्रह गरेको हो । शिक्षामा पनि महिलाको समान अधिकार रहेकाले त्यसको सबैले सम्मान गर्नुपर्ने भन्दै राष्ट्रसंघले तालिवानी सरकारले आफ्ना निर्णय सच्याउँदै महिलालाई शिक्षाका लागि प्रेरित गर्न पनि आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

गत हप्ता तालिबान सरकारले महिलालाई विश्वविद्यालय जान रोक लगाउने निर्णय गरेको थियो । यसअघि पनि अफगानिस्तानमा लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि रोजा ओटुन्बोयाले विज्ञप्ति निकाले निर्णय सच्याउन आग्रह गर्नुभएको थियो ।

उहाँले सो निर्णय अफगान सरकारको हितमा नभएको र अहिलेको प्रतिष्पर्धि युगमा महिलाले विश्वविद्यालय जान प्रतिबन्ध लगाउनु दुःखद भएको टिप्पणी गर्नुभयो । अफगानिस्तानमा तालिबानको शासन सुरु भएयता महिलालाई सार्वजनिक स्थलमा प्रतिबन्ध लगाउनुका साथै विभिन्न अधिकारमाथि कटौती हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू