अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५९ | Colorodo: 19:14

कतारले ‘स्टेडियम ९७४’ भत्काउन थाल्यो : विश्वकप इतिहासमा नौलो घटना

बिआरटीनेपाल २०७९ पुष ६ गते ४:२० मा प्रकाशित

कतारले विश्वकप फुटबलका लागि बनाएका मध्ये ‘स्टेडियम ९७४’ भत्काउन थालेको छ । विश्वकपका लागि कतारले आठ वटा अत्याधुनिक प्रविधियुक्त रंगशाला बनाएको थियो । पहिलो चरणमा अस्थायी रूपमा निर्माण गरिएको ‘स्टेडियम ९७४’ भत्काउने काम सुरु भएको हो ।

विश्वकप इतिहासमा प्रतियोगितापछि रंगशाला हटाउन लागेको यो नौलो घटना मानिएको छ । ४० हजार दर्शक क्षमताको यो रंगशालामा समूह चरणदेखि सात वटा खेल भएका थिए । पहिलो खेल नोभेम्बर २२ मा मेक्सिको र पोल्याण्डबीच भएको थियो भने अन्तिम खेलमा प्रि–क्वाटरफाइनलमा ब्राजिल र दक्षिण कोरियाबिच भएको थियो ।  याे रंगशालाकाे निर्माण ९७४ वटा पानीजहाजका कन्टेनर र मोडुलर स्टिलको प्रयोग गरेर बनाइएको छ ।

विश्वकप जस्ता ठूला खेलकुद समारोहको आयोजनापछि रङ्गशालाको प्रयोग कम हुने तर ती संरचनालाई यथावत राख्न ठूलो धनराशीको खर्च हुने भएकाले भत्काउने निर्णय गरिएको हो । आयोजक कतारको एउटा निकाय सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसी (एससी) का अनुसार फिफासँगको समन्वयमा बढी भएका कुर्सीहरू अरु देशलाई अनुदानका रूपमा दिइनेछ । त्यस्तै ४० हजार दर्शक क्षमता रहेको एजुकेसन सिटी रङ्गशालाको पनि २० हजार कुर्सी हटाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू