अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङको जित सुनिश्चित

बिआरटीनेपाल २०७९ मंसिर १७ गते ४:५२ मा प्रकाशित

प्रतिनिधि सभातर्फ मतगणना भइरहेको स्याङ्जाको क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको जित सुनिश्चित भएको छ ।

गुरुङ नेकपा एमालेका उम्मेदवार पद्मा अर्यालभन्दा ५ हजार ९ सय ७५ मतले अगाडि हुनुहुन्छ । गुरुङले २९ हजार ५ सय ६६ र अर्यालले २३ हजार ५९१ मत प्राप्त गर्नुभएको छ । अब गणना गर्न बाँकी मत ४ हजार ८ सय ७१ छ ।

चापाकोट नगरपालिकाको वडा नं– ८,९ र १० मात्र गणना हुँन बाँकी रहेको छ । स्याङजा–२ मा मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि १० दिनसम्म गणना रोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू