अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३६ | Colorodo: 11:51

फिल्म निर्माता रोज राणा प्यूठान प्रदेशसभा-१ ‘ख’ बाट विजयी

बिआरटीनेपाल २०७९ मंसिर ८ गते ५:२८ मा प्रकाशित

प्यूठानबाट प्रदेशसभातर्फ अभिनेता तथा निर्माता एवं निर्देशक रोज राणा (सरोज थापा) विजयी हुनु भएको छ । लुम्बिनी प्रदेशको प्यूठान क्षेत्र नं. १ (ख)का नेपाली कांग्रेसका उम्मेदवार राणा आफ्ना निकटतम् प्रतिद्वन्द्वीभन्दा १ हजार ७ सय ११ मत अन्तरले विजयी हुनु भएको हो । राणा कांग्रेस-माओवादी-समाजवादी गठबन्धनबाट उम्मेदवार बन्नु भएको थियो ।

राणाले २२ हजार ५ सय १८ मत प्राप्त गरी विजयी हुनु भएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरि प्रसाद रिजालले २० हजार ८ सय ७ मत प्राप्त गर्नुभयो । फिल्म ‘दादागिरी’बाट फिल्म निर्माणमा प्रवेश गरेका राणाले ‘डन’, ‘खलनायक’, ‘टक्कर दुई मुटुको’, ‘म छु नि तिम्रो’ लगायतका फिल्म निर्माण गर्नुका साथै उक्त फिल्महरूमा अभिनय समेत गर्नुभएकाे छ । साथै राणाले फिल्म ‘जय पशुराम’ र ‘मेरो पैसा खोइ’ निर्देशन गर्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू