अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५४ | Colorodo: 08:09

ताप्लेजुङबाट एमाले सचिव योगेश भट्टराई २०८ मतान्तरले विजयी

बिआरटीनेपाल २०७९ मंसिर ७ गते ६:१८ मा प्रकाशित

नेकपा एमाले सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुनुभएको छ । ताप्लेजुङबाट उम्मेदवार बन्नुभएका उहाँले माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई पराजित गर्नुभएको हो ।

भट्टराईले २१ हजार नौ सय ४३ र बुढाक्षेत्रीले २१ हजार सात सय ३५ मत पाउनुभएको छ । बुढाक्षेत्रीलाई सत्ता गठबन्धनको समर्थन थियो । भट्टराई २०७४ मा पनि ताप्लेजुङबाटै निर्वाचित हुनुभएको थियो । त्यसअघि दुईवटा निर्वाचनमा उनी काठमाडौं ६ बाट पराजित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू