अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३४ | Colorodo: 22:49

रवि लामिछानेको आक्रोशः ‘म जिउँदो छु भन्ने कुराको पनि प्रमाण माग्नेछन्’

बिआरटीनेपाल २०७९ मंसिर १ गते ५:१३ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन आफूलाई न्याय दिएको ठाउँ भएकाले चुनावका लागि चितवन नै रोजेको बताउनुभएको छ । उहाँले चुनावी सभालाई सम्बोधन गर्दै आफ्नो चुनावी सभा जहाँबाट सुरु गरेको हो त्यहीँबाट अन्त्य गर्न लागेको भन्दै चितवन र चितवनवासीलाई धन्यवाद दिनुभयो ।लामिछानेले कोभिड १९ को समयलाई सम्झिँदै भन्नुभएको छ, ‘जुनबेला कोभिडले यहाँका मानिसहरु समस्यामा परेका थिए, त्यतिबेला नेताहरु घरमा तास खेलेर बसेका थिए तर म यहाँका जनताहरुको सेवा गर्नमा व्यस्त थिएँ।’

नेपाली नागरिकता नब्यूँताएको भन्दै रविको उम्मेदवारी खारेज गर्न परेको उजूरीबारे पनि उहाँले सभामा बोल्नुभयो । लामिछानेले आफूले धेरै अघि नै यो कुरा प्रष्ट पारिसकेको बताउँदै अब आफू जिउँदो रहेको प्रमाण मात्र माग्न बाँकी रहेको बताउनुभयो। ‘म जिउँदो छु भन्ने कुराको पनि प्रमाण माग्नेछन्, त्यो मलाई थाहा छ। तर म कहिले पनि पछि हट्ने छैन,’ उहाँले भन्नुभयो, ‘म जिउँदो छु भन्ने कुराको प्रमाण देखाउन कुनै दिन वडाबाट सिफारिस माग्नेछन्, त्यो मलाई थाहा छ।’

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू