अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३२ | Colorodo: 12:47

चुनावका लागि ३ दिन स्कूल विदा गर्न सिफारिस

बिआरटीनेपाल २०७९ कार्तिक २८ गते ६:११ मा प्रकाशित

आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा चुनावको बेला ३ दिन विद्यालयमा विदा दिन निर्वाचन आयोगले सिफारिस गरेको छ । निर्वाचन केन्द्र रहेका विद्यालय मतदान स्थलकोरूपमा प्रयोग गर्नुपर्ने भएकाले मंसिर २ देखि ४ गतेसम्म देशभरका सबै विद्यालयमा विदा दिनुपर्ने आयोगको सिफारिसमा उल्लेख छ ।

आयोगले विदाको निर्णय गर्न मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।  त्यसैगरी, निर्वाचनको दिन मंसिर ४ मा देशभर सार्वजनिक विदा दिन पनि आयोगले सिफारिस गरेको छ । मन्त्रिपरिषदको निर्णय गरेपछि मात्रै विदाको निर्णय कार्यान्वयन हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू