अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५६ | Colorodo: 12:11

इजरायली राष्ट्रपति हर्जोगद्धारा सरकार गठन गर्न नेतान्याहुलाई अनुमति

बिआरटीनेपाल २०७९ कार्तिक २८ गते ५:१६ मा प्रकाशित

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले बेन्जामिन नेता न्याहुलाई नयाँ सरकार गठन गर्न अनुमति दिनुभएको छ । यहि नोभेम्बर १ मा भएको निर्वाचनपछि राष्ट्रपति हर्जोगले यस्तो निर्देशन दिनुभएको हो । गत वर्ष सत्ता च्यूत हुनुअघिसम्म इजरायलको सबै भन्दा लामो समय प्रधानमन्त्री रहनुभएका नेता न्याहुले अब नयाँ सरकार गठन गर्नुहुने भएकाे छ ।

राष्ट्रपति हर्जोगले भ्रष्टाचारको आरोपमा उदारवादी नेता न्याहुमाथि चलिरहेको मुद्दाकाे विषयमा पनि चर्चा गर्नुभएकाे छ । उहाँले साेही मुद्दा अनुसन्धानकै क्रममा रहेको जानकारी समेत दिनुभयो । नेता न्याहुले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आउनुभएकाे छ । राष्ट्रपतिको अनुमतिसँगै नेता न्याहुले इजरायलमा नयाँ सरकार गठनको तयारी थाल्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू