अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३ | Colorodo: 04:18

विकासोन्मुख एशिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाकाे सङ्ख्या सन् २०५० सम्ममा झन्डै दोब्बर पुग्ने अनुमान

बिआरटीनेपाल २०८१ वैशाख २० गते ७:४५ मा प्रकाशित

एशियाली विकास बैंक (एडीबी) ले विकासोन्मुख एशिया र प्रशान्त क्षेत्रमा ६० वर्ष वा त्योभन्दा माथिका मानिसको सङ्ख्या सन् २०५० सम्ममा झन्डै दोब्बर पुग्ने अनुमान गरेको छ ।एडीबीले आज सार्वजनिक गरेको प्रतिवेदनमा विकासोन्मुख एशिया र प्रशान्त क्षेत्रमा ६० वर्ष वा त्योभन्दा माथिका मानिसको सङ्ख्या आउँदो सन् २०५० सम्ममा झन्डै दोब्बर अर्थात् एक अर्ब दुई करोड पुग्ने अनुमान छ । तर बुढ्यौली जनसङ्ख्याको चुनौतीका लागि आवश्यक तयारी थालनी नभएको प्रतिवेदनमा उल्लेख छ । आउँदा दिनमा वृद्धवृद्धाको स्वास्थ्य सेवा र हितलाई सघाउन व्यापक नीतिगत सुधारका लागि तत्कालै लाग्न पनि एडीबीले सुझाएको छ ।

‘एशिया र प्रशान्तको तीव्र विकास एक सफलताको कथा हो तर यसले ठूलो जनसाङ्ख्यिकीय परिवर्तनलाई पनि उत्प्रेरित गरिरहेको छ र दबाब बढिरहेको छ’, एडीबीका प्रमुख अर्थशास्त्री अल्बर्ट पार्कले भन्नुभयाे । प्रतिवेदनले यस क्षेत्रका धेरै वृद्धवृद्धासँग बाँच्नका लागि सेवा निवृत्तिको उमेर नाघेपछि पनि काम गर्नुको विकल्प नभएको उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू