अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४४ | Colorodo: 03:59

यूएईमा फेरि हावाहुरी र भारी वर्षा

बिआरटीनेपाल २०८१ वैशाख २० गते ७:४४ मा प्रकाशित

संयुक्त अरब इमिरेट्स (यूएई) मा आज बिहानैदेखि भारी वर्षा हुँदा अबुधाबी र दुबई क्षेत्र प्रभावित भएको छ ।दुबईका बासिन्दा बिहान उठ्दा हुरीबतास, आकाशमा गड्याङगुडुङ र चट्याङको अवस्था रहेको थियो । मौसम पूर्वानुमानअघि नै बिहान ३ बजे मौसम बदली भएको दुबईको सञ्चारमाध्यम गल्फ न्युजले जनाएको छ ।

ठूलो वर्षा शुरुमा राजधानी अबुधावीबाट सुदूरपश्चिममा रहेका अल धाफ्रा र अल शिला क्षेत्रमा महसुस गरिएको थियो । विमानस्थल क्षेत्रमा पनि भीषण वर्षा भएको खबरमा उल्लेख छ ।अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन र गाडी नचलाउन सरकारले नागरिकलाई सचेत गराएको छ । खाडी देश यूएई र ओमानमा केही हप्ताअघि मात्रै वर्षा र बाढीले ठूलो जनधनको क्षति गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू