अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३२ | Colorodo: 14:47

युक्रेनको उर्जा र खानेपानीको संकट समाधान गर्न संयन्त्र बनाउने जी ७ राष्ट्रहरुको घोषणा, युक्रेनका ४० प्रतिशत उर्जा क्षेत्र ध्वस्त

बिआरटीनेपाल २०७९ कार्तिक २० गते ६:२० मा प्रकाशित

जी–७ राष्ट्रहरूले रुस–युक्रेन युद्धका कारण युक्रेनमा देखिएको ऊर्जा र खानेपानीको संकट समाधान गर्नका लागि संयन्त्र बनाउने घोषणा गरेका छन् ।अत्यन्त विकसित र औद्योगिक राष्ट्रहरूको समूहले युक्रेनमा देखिएको संकट समाधानमा तत्परता देखाएका हुन् । युक्रेनमा देखिएको चरम ऊर्जा, पानी संकट, पूर्वाधारको मर्मत, पुनः स्थापना र रक्षा गर्न जी–७ समन्वय संयन्त्र स्थापनामा एकजुट हुने प्रतिवद्धता जी–७ विदेश मन्त्रीहरूले प्रतिवद्धता गरेका छन् । ती राष्ट्रहरूले रुसलाई तत्काल युद्ध रोक्न, सैन्य आक्रमण र सैन्य सामग्री फिर्ता लिन आग्रह गरेका छन् ।

साथै उनीहरूले पछिल्ला दिनमा रुसले ऊर्जा क्षेत्रलाई लक्षित गरेर इरान निर्मित ड्रोन र अन्य मिसाइल हतियार प्रयोग गरी गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । रुसको पछिल्लो आक्रमणबाट करिब ४० प्रतिशत ऊर्जा क्षेत्र तहसनहस र जनता लामो समयसम्म अन्धकारमा बस्नुपर्ने बाध्यता छ । ती राष्ट्रहरुले मध्यपूर्व र वरपर इरानको निरन्तर अस्थिर गतिविधिको कडा शब्दमा निन्दा गरेका छन् । जी–७ राष्ट्रहरू शान्ति र स्थिरताको पक्षमा रहेको सबै विषय र क्षेत्रमा देखिएका विवादको शान्तिपूर्ण समाधानका पक्षमा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू