अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५७ | Colorodo: 11:12

भारतको नयाँ दिल्लीका ८० प्रतिशत परिवार वायु प्रदूषणसँग सम्बन्धित रोगको चपेटामा

बिआरटीनेपाल २०७९ कार्तिक २० गते ६:१३ मा प्रकाशित

भारतको केन्द्रीय राजधानी दिल्लीमा बसोबास गर्ने झन्डै ८० प्रतिशत परिवारमा वायु प्रदूषणसँग सम्बन्धित रोग रहेको पाइएको छ । एक सर्वेक्षणको निष्कर्षसहित ’बिजनेस स्ट्यान्डर्ड’ दैनिकले प्रकाशन गरेको खबरअनुसार महानगर र आसपासको क्षेत्रमा बसोबास गर्ने झन्डै ८० प्रतिशत परिवारका कोही न कोही सदस्यलाई प्रदूषणसँग सम्बन्धित रोग भएको देखिएको छ । उनीहरूमध्ये १८ प्रतिशतले डाक्टर वा अस्पताल गएर रोगको उपचार खोजेका प्रतिवेदनमा उल्लेख छ ।

दिल्लीसहित भारतका विभिन्न सहरमा वायु प्रदूषणको अवस्था मानिसको स्वास्थ्यका लागि जटिल अवस्थामा पुगेको बेला सार्वजनिक भएको नयाँ सर्वेक्षण र त्यसका निष्कर्षलाई महत्त्वपूर्ण मानिएको छ । सर्वेक्षणमा १९ हजार जना मानिस सहभागी थिए ।

अहिले दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । दिल्ली सरकारले प्राथमिक विद्यालय बन्द गरेको छ । साना बालबालिकालाई घरबाट बाहिर ननिस्कन भनिएको छ । कर्मचारीलाई घरैबाट काम गर्न सुविधा दिइएको छ । विश्वको सबैभन्दा प्रदूषित राजधानी दिल्लीको हावा स्वास्थ्यका लागि गम्भीर जोखिम छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू