अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०० | Colorodo: 12:15

रुसको नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ कार्तिक १९ गते ६:५३ मा प्रकाशित

रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्री क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो दुर्घटनमा अन्य ४ जना घाइते भएको क्षेत्रीय आपतकालीन सेवाका प्रवक्ताले रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ।

स्थानीय आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै तासले जनाएअनुसार क्याफेमा आगन्तुकले आगजनी गरेको अनुमान गरिएको छ। उक्त क्याफेबाट २५० जनालाई बाहिर निकालिएको थियो। आगो ३ हजार ५०० वर्ग मिटर क्षेत्रमा फैलिएको थियो। घटनाबारे अनुसन्धान जारी छ भने विस्तृत विवरण आउँन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू