अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१० | Colorodo: 15:25

विभिन्न अपराधका कैदीहरूलाई रुसले युक्रेन युद्धमा सहभागी गराउने

बिआरटीनेपाल २०७९ कार्तिक १९ गते ६:३९ मा प्रकाशित

रुसले हालै जेल छाडेर भागेका गम्भीर अपराधमा दोषी ठहर भएकाहरूलाई सैन्य भर्ति गर्ने भएको छ । राष्ट्रपति भ्लादिमीर पुटिनले कैदीबन्दी र जेल छाडेर भागेकाहरूलाई युक्रेन युद्धमा सहभागी हुनेगरी कानून संशोधन गरेको बताइएको छ । विभिन्न अपराधमा संलग्न भएर सजाय भोगिरहेकालाई पनि युक्रेन युद्धमा सहभागी हुनेगरी कानून संशोधन गरिएको बीबीसीले जनाएको छ ।

युक्रेनमा विभिन्न अपराधमा संलग्न भएर सजाय भागिसकेकालाई पनि राज्यले दिने विभिन्न सेवा सुविधाबाट वञ्चित गराइएको छ । यसैबीच युक्रेनमा आक्रमणमा क्रमम रुसी सैनिकले अपराध गरेको आरोप पनि लगाइएको छ । युक्रेन सम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय आयोगले गत सेप्टेम्बरमा जारी सार्वजनिक गरेको प्रतिवेदन अनुसार रुसी सेनाले युक्रेनमा आक्रमणका क्रममा नागारिक हत्या र यौन हिंसासहित विभिन्न युद्ध अपराध गरेको छ । युक्रेन आफैंले रुसी सेनाले आफ्नो मुलुकमा आक्रमणका क्रममा युद्ध अपराध गरेको बताउँदै आएको छ ।

यता रुसले भने युक्रेन आफैंले नागरिकमाथि जथाभावी आक्रमण गरेर विद्राही नियन्त्रित क्षेत्रमा नागरिकमाथि ज्यादती गरेको आरोप लगाएको छ । तर, रुसको उक्त आरोपमा युक्रनले खण्डन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू