अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०० | Colorodo: 15:15

जर्मनीका राष्ट्रपति युक्रेनको किएभमा : हवाई प्रतिरक्षाका लागि विशेष सहयोग गर्ने प्रतिवद्धता

बिआरटीनेपाल २०७९ कार्तिक ८ गते २३:५८ मा प्रकाशित

जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयर अकस्मात युक्रेनको राजधानी किएभ पुग्नुभएको छ ।पश्चिमा देशले युद्धबाट तहसनहस भएको युक्रेनको पुनर्निर्माणको योजना बनाइरहेका बेला जर्मनीका राष्ट्रपति युक्रेन पुग्नुभएको हो ।रूसले गएको फेब्रुअरीदेखि युक्रेनमा आक्रमण थालेपछि राष्ट्रपति स्टेनमेयरको यो पहिलो युक्रेन भ्रमण हो ।

यसअघि गएको अप्रिलमै युक्रेन भ्रमणको योजना बनाएको भए पनि युक्रेनले उहाँलाई स्वागत गर्न अस्वीकार गरेको थियो । तर, त्यसपछि दुई देशले केही असहमतिलाई मिलाएका छन् ।युक्रेनी नागरिकमा एकताको सन्देश प्रवाह गर्न आफू किएभ आएको जर्मनीका राष्ट्रपति स्टेनमेयरले बताउनुभएको छ । साथै हवाई प्रतिरक्षाका लागि विशेष सहयोग गर्ने प्रतिवद्धता पनि गर्नुभएको रोयर्टसले जनाएको छ ।

युक्रेनमा अहिले पनि रुसले क्षेप्यास्त्र र रकेट आक्रमण गरिरहेको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेको ९ महिना भैरहेको छ । युद्धका कारण केहिले ज्यान गुमाउनुका साथै युक्रेनमा आवासीय तथा सार्वजनिक, ऊर्जा प्रवाहका सञ्जालमा ठूलो क्षति पुगेको छ । विश्व बैंकले युक्रेनमा तीन खर्ब ४५ अर्ब डलर क्षतिको अनुमान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू