अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१६ | Colorodo: 11:31

बेलायतका नवनियुक्त प्रधानमन्त्री सुनकसँग सहकार्यको चाहनासहित विश्वका नेताहरुद्धारा बधाई व्यक्त

बिआरटीनेपाल २०७९ कार्तिक ८ गते २३:५६ मा प्रकाशित

बेलायतको प्रधानमन्त्रीमा ऋषि सुनक नियुक्त भएलगत्तै विश्वका शीर्ष नेताले देशको पछिल्लो अस्तव्यस्त अवस्थाबाट स्थिरताको आशा व्यक्त गरेका छन् । बधाई तथा कार्यकाल सफलताको शुभकामनासहित उनीहरुले बेलायतको राजनीतिक अवस्थाले समग्र विश्वलाई प्रभाव पार्ने उल्लेख गरेका छन् ।सुनक हिजो औपचारिक रुपमा बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

नवनियुक्त प्रधानमन्त्री सुनकलाई स्वागत गर्दै भारतसहित विभिन्न देशका शीर्ष नेताले विश्वले सामना गरेका पछिल्ला साझा मुद्दामा सहकार्य गर्न चाहेको जनाएका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत् बधाई व्यक्त गरी आफू विश्वव्यापी मुद्दामा निकट रहेर काम गर्न र रोडम्याप सन् २०३० को कार्यान्वयन गर्न इच्छुक रहेको बताउनुभएको छ । भारत र बेलायतले एउटा खुला व्यापार सम्झौता गर्न खोजिरहेका छन् ।

युरोपेली परिषदका अध्यक्ष चार्ल्स मिशेलले साझा चुनौतीसँग जुझ्ने एक मात्र बाटो सहकार्य रहेको बताउनुभएको छ ।आइरिस प्रधानमन्त्री माइकल मार्टिनले आफ्ना टापुहरू र विश्वभर सामना गरिएका महत्वपूर्ण मुद्दामा नवनियुक्त प्रधानमन्त्री सुनकसँग सहकार्य गर्न चाहेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू