अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

पल शाहको मुद्धामा तनहुँ अदालतमा मंगलवार पेशी

बिआरटीनेपाल २०७९ भदौ १४ गते ०:१५ मा प्रकाशित

अभिनेता पल शाहको मुद्धाको पेशी आज तोकिएको छ ।नावालिग बलात्कारको आरोप पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो । अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमलामोहन वाग्लेका अनुसार मंगलवार तनहुँ अदालतमा पेशी रहेको छ । नवलपुर अदालतले भने २१ भदौका लागि पेशी तोकेको छ ।

उनका अनुसार मुद्धाको फैसाला अन्तिम चरणमा रहेकाले शाहलाई थुनामुक्त गरेर मुद्धा लडन सक्ने तथा थुनामा रहनु पर्ने दुवै मध्य एक खाले फैसाला आउन सक्नेछ ।  गत ३० चैत देखि थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा छन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू