अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

बालकोटमा रवीन्द्र मिश्र र ओलीबीच छलफल

बिआरटीनेपाल २०७९ भदौ १३ गते २:०८ मा प्रकाशित

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा छलफल भएको छ। आइतबार साँझ करिब अढाइ घन्टा आफूहरूबीच छलफल भएको उल्लेख गर्दै मिश्रले ट्वीट गर्नुभएको छ । आगामी निर्वाचन, देशको राजनीतिरभू-राजनीति, विदेशी चासोरहस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकतालगायत विषयमा कुराकानी भएको मिश्रको भनाइ छ।

ओलीको राजनीतिक यात्रा, जेल र गोलघरको पीडा, चुच्ने नक्सा पारितपूर्व भोगेका जटिलतालगायत विषयमा पनि कुरा भएको मिश्रले उल्लेख गर्नुभएको छ । ‘सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केट बलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला,’ मिश्रले लेख्नुभएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू