अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४३ | Colorodo: 11:58

इरानसँगको आणविक सम्झौता पुनःउत्थानका लागि यसै हप्ता बैठक बस्ने

बिआरटीनेपाल २०७९ भदौ ७ गते ६:२७ मा प्रकाशित

इरानसँगको आणविक सम्झौता पुनःउत्थानका लागि यसै हप्ता बैठकको तयारी भएको छ ।युरोपेली सङ्घ (ईयू) को प्रस्तावमा इरानले प्रतिक्रिया जनाएपछि बैठक बस्न लागेको ईयूका उच्च कुटनीतिज्ञले बताएका छन् ।इरानको आणविक महत्वाकाङ्क्षालाई नियन्त्रण गर्ने उद्देश्यले सन् २०१५ मा विश्व शक्तिराष्ट्र र तेहरानबीच भएको सम्झौता (जेसीपीओए) लाई पुनर्जीवित गर्ने प्रयास महत्त्वपूर्ण मोडमा छ ।

जेसीपीओएका अन्य पक्षहरूमा बेलायत, चीन, फ्रान्स, जर्मनी र रूस रहेका छन् । गएको हप्ता भियतनाममा तय भएको बैठक बस्न सकेको थिएन । ईयू विदेश नीति प्रमुख जोसेप बोरेलले बैठकको तयारी तीव्र पारेको जानकारी दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०१८ मा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता फिर्ता भएको घोषणा गरेपछि इरानले पनि आफ्ना लागि मात्र मान्य नभएको भन्दै फिर्ताको घोषणा गरेको थियो । त्यसपछि सम्झौता सङ्कटमा परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू