अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२८ | Colorodo: 13:43

युक्रेनमा स्वतन्त्रता दिवस मनाउन प्रतिबन्ध

बिआरटीनेपाल २०७९ भदौ ७ गते ६:०८ मा प्रकाशित

युक्रेनमा ३१ औँ स्वतन्त्रता दिवसलाई सार्वजनिक रूपमा मनाउन प्रतिबन्ध लगाईएको छ ।यहि अगस्ट २४ तारिकमा स्वतन्त्रता दिवस परेकाे छ । तर साेही दिवसलाई सार्वजनिक रुपमा नमनाउन भनिएको हो । रुसी सेनबाट हुनसक्ने सम्भावित आक्रमणलाई ध्यान दिंदै सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको स्मरणमा गरिने कार्यक्रम नमनाउन आग्रह गरिएको हो ।

युक्रेनको दक्षिणी क्षेत्रमा रुसले निरन्तर आक्रमण जारी राखेको छ भने युरोपकै सबै भन्दा ठूलो आणविक भट्टीसहितका क्षेत्र रुसी कब्जामा रहेका छन् । गत साता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबारको युक्रेनको ३१ औँ स्वतन्त्रता दिवसको अवसरमा रुसबाट अझै शक्तिशाली आक्रमण हुनसक्ने खतरा रहेको चेतावनी दिंदै सचेत रहन युक्रेनी सेना र सर्वसाधारणलाई अपील गरिसक्नु भएको छ । युक्रेनले प्रत्येक वर्ष अगष्ट २४ तारिक स्वतन्त्रता दिवस भब्य रुपमा मनाउँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू