अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५१ | Colorodo: 08:06

चीनको छिङहाइमा बाढी पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या २६ पुग्यो

बिआरटीनेपाल २०७९ भदौ ६ गते ७:५७ मा प्रकाशित

ठूलो वर्षापछि आएको बाढी पहिरोमा परेर चीनको उत्तरपश्चिम प्रान्त छिङहाइमा २६ जनाको ज्यान गएको छ । अन्य पाँच जना अझै बेपत्ता रहेका स्थानीय अधिकारीहरूले बताएका छन् ।

बाढीमा परेका २३ जनाको उद्धार गरिएको छ । गएको बुधवार रातिदेखिको वर्षाका कारण दाताङ हुई र तु स्वायत्त काउन्टीका छवटा गाउँका ६ हजारभन्दा धेरै बासिन्दा प्रभावित भएका छन् ।

मुसलधारे वर्षाका कारण दाताङमा बाढी र पहिरो जाँदा नदीको मार्ग परिवर्तन भइ  बाढी गाउँ पसेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू