अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५१ | Colorodo: 11:06

अफगानिस्तानमा पुन बाढी, २० जनाको मृत्यु

बिआरटीनेपाल २०७९ भदौ ६ गते ७:३८ मा प्रकाशित

अफगानिस्तानमा बाढीका कारण २१ जनाको मृत्यु भएको एक साता नबित्दै पुनः बाढी आउँदा २० जनाको मृत्यु भएको छ ।मध्य अफगानिस्तानमा गत ४८ घण्टामा आएको बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको हो । भारी वर्षाले हजारौँ घर ध्वस्त भएका छन् । अफगानिस्तान यो वर्ष प्राकृतिक प्रकोपबाट गुज्रिरहेको छ ।

गत जुन महिनामा मात्रै खडेरी र विध्वंसकारी भूकम्पले एक हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो । गत अगस्टमा देश कब्जा गरेको तालिबान सरकारले विपतको सामना गर्न संघर्ष गरिरहेको छ भने सहयोगका लागि दातृ निकायलाई आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू