अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:११ | Colorodo: 09:26

सिंगापुरले समलिंगी यौन सम्बन्धमाथि दियो कानूनी मान्यता

बिआरटीनेपाल २०७९ भदौ ६ गते ७:३७ मा प्रकाशित

सिंगापुरले समलिंगी यौन सम्बन्ध माथिको प्रतिबन्ध फुकुवा गर्दै कानूनी मान्यता दिएको छ ।सिंगापुरमा समलिंगी यौन सम्बन्धको बारेमा वर्षौंदेखि चल्दै आएको चर्को बहसपछि प्रधानमन्त्री लि सिएन लुंगले समलिंगी सम्बन्धलाई कानूनी मान्यता दिने घोषणा गर्नुभएको हो । सिंगापुर पुरातन सामाजिक मूल्य मान्यताका लागि चिरपरिचित रहेतापनि त्यहाँका अधिकांश जनताले ब्रिटिस साम्राज्यकालीन कानूनको धारा ‘३७७ ए’ अन्त्य गर्नुपर्ने दवाव दिँदै आएका थिए।

भारत, ताइवान र थाइल्यान्डपछि पुरूष तथा महिला समलिंगी, तेश्रो लिंगी, एवं बहुलिंगी (एलजीबीटी) को अधिकारबारे सम्बोधन गर्ने सिंगापुर एसियाको पछिल्लो मुलुक बनेको छ । सरकारको यो निर्णयको सिंगापुरका समलिंगीहरूले स्वागत गर्दै खुशियाली समेत मनाएका छन् । सिंगापुरले सन् १९६५ मा बेलायतबाट स्वाधिनता हासिल गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू