अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५० | Colorodo: 06:05

बेलायतका प्रधानमन्त्री जोनसनले पार्टीको नेताबाट राजीनामा दिने

बिआरटीनेपाल २०७९ असार २३ गते ७:४० मा प्रकाशित

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिनुहुनृ भएको छ । प्रधानमन्त्रीमा भने उहाँ शरद ऋतुसम्म रहिरहने बीबीसीले जनाएको छ ।

पछिल्लो समय एकपछि अर्को मन्त्रीले राजीनामा दिएपछि जोन्सनमाथि सरकार छाड्नुपर्ने दबाव बढेको थियो । तर जोन्सनले प्रधानमन्त्रीको साटो पार्टी नेताबाट राजीनामा दिने तयारी गर्नुभएको हो ।

यौन दुव्र्यवहारमा संलग्न रहेका व्यक्तिलाई विगतबारे जानकारी हुँदा हुँदै पनि नियुक्ति दिएको पाइएपछि जोन्सनको कार्यक्षमतामाथि प्रश्न उठाउँदै केही मन्त्री र सरकारका सहयोगीहरुले राजीनामा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू