अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५८ | Colorodo: 03:13

काठमाण्डाै उपत्यकामा हैजाको प्रकोप बढ्दो, ९ ठाउँमा १० जना बिरामी भेटिए

बिआरटीनेपाल २०७९ असार १२ गते ८:२८ मा प्रकाशित

काठमाण्डाै उपत्यकामा हैजाका बिरामी भेटिने क्रम बढेको छ । पछिल्लो पटक पाटन र नैकापमा पनि हैजाका बिरामी भेटिएसँगै उपत्यकामा फरक–फरक नौ ठाउँमा गरी १० जना हैजाका बिरामी भेटिएका जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ ।

यसअघि बागबजार, डिल्लीबजार, थानकोट, बालाजु, बल्खु, कपन र सानेपामा हैजाका बिरामी भेटिएका थिए । फरक–फरक ठाउँबाट हैजाका बिरामी भेटिएपछि उपत्यकामा हैजा फैलिएको हुनसक्ने आशङ्कामा बिरामीको खोजी, पानी परीक्षणलगायतका कामलाई तीव्रता दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता संगीता कौशल मिश्राले बताउनुभयो । हैजाबाट बच्ने तथा रोकथामका उपायकाबारेमा माइकिङ गर्ने लगायतका काम भइरहेको पनि उहाँले बताउनुभयो ।

प्रवक्ता मिश्राले केही पटक पखाला लाग्नासाथ स्वास्थ्य संस्थामा जान पनि अनुरोध गर्नुभयो । हैजा खानपानका माध्यमबाट सर्ने भएकोले पानी उमालेर मात्रै खानुपर्ने, सकेसम्म घरबाहिर गएर नखाने, सरसफाइमा ख्याल गर्ने र घरमा कसैलाई हैजाको लक्षण देखिएमा परिवारका अरू सदस्य पनि सचेत भएर बिरामीलाई अस्पताल लगिहाल्न उहाँकाे अनुराेध छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू