अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४९ | Colorodo: 10:04

प्रदेश र संघीय निर्वाचनको मिति छिटो तोक्नुपर्छ : मन्त्री गहतराज

बिआरटीनेपाल २०७९ असार ७ गते ७:३९ मा प्रकाशित

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले प्रदेश र संघीय निर्वाचनको मिति छिटो तोक्नुपर्ने बताउनुभएको छ ।मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उहाँले आगामी प्रदेश र संघीय निर्वाचन छिट्टै तोक्नुपर्ने बताउनुभएको हो ।

उहाँले गठबन्धनलाई भाड्ने चलखेल भइरहेको पनि बताउनुभयो । गठबन्धनलाई बचाउन र अहिलेको प्रणालीलाई बचाउनका लागि पनि निर्वाचनको मिति छिटो तोक्नु उपयुक्त हुने उहाँले बताउनुभयो ।

उहाँले मन्त्री परिवर्तन गर्ने पार्टीहरुको अधिकारको कुरा भएको उल्लेख गर्दै सम्बन्धित पार्टीले चाहेमा कुनैपनि बेला मन्त्री परिवर्तन हुन सक्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू