अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५० | Colorodo: 08:05

बेलायतमा रेलवे कामदारको हडताल

बिआरटीनेपाल २०७९ असार ७ गते ७:०५ मा प्रकाशित

बेलायतमा रेलवे कामदारका नेटवर्कले ३० बर्ष यताकै ठूलो हडताल सुरु गरेका छन् । रेलका यात्रुको भिडले आज अराजकताको सामना गर्ने बताइएको छ । हडताल समाप्तिको लागि भएको वार्ता असफल भएको छ भने रेल युनियनका ५० हजार भन्दा बढी सदस्य यस हप्ता ३ दिनको लागि आफ्नू कामबाट बाहिरिएका छन् । रेल र लन्डन भूमिगत स्टेशन आज बिहान बन्द भएपछि यात्रुलाई घरबाट काम गर्न वा अफिसमा वैकल्पिक मार्ग खोज्न बाध्य भएको बताइएको छ ।

लन्डनको बाहिरी भागमा बिहान ६ बजेपछि बस स्टेशनमा यात्रुहरुको भीड थियो । यातायात सचिव ग्रान्ट शाप्सले यस हडतालको निन्दा गरेका छन् । सन् १९७० को खराब पुराना दिनहरुको सम्झना पुनः आएको उहाँले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू