अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

नेपाली बक्सर बस्नेतले जिते स्पेनमा बक्सिङ्ग

बिआरटीनेपाल २०७९ जेठ १६ गते ७:०१ मा प्रकाशित

१४ औं पटक राष्ट्रिय च्याम्पियन नेपाली बक्सर म्याक्स बस्नेतले स्पेनमा बक्सिङ्ग जितेका छन् । शनिबार स्पेनिस बक्सर जुआन रामोनलाई पराजित गर्दे नेपालले जित हासिल गरेको नेपाल प्रोफेशनल बक्सिङ्ग कमिसनले जनाएको छ ।

स्पेनको बार्सोलोनामा भएको एलएलइआइडीए इयू च्याम्पियनसिपमा कमिसनबाटै प्रतिनिधित्व गर्दै ८५ किलो तौल समूहमा बस्नेतले रामोनसँग प्रतिस्पर्धा गरेका थिए ।

जितसँगै नेपालको झण्डा समेत फहराइएको जनाएको छ । कमिसनको यो जित नेपालको लागि उपलब्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू