अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०१ | Colorodo: 01:16

एभरेष्ट म्याराथनको उपाधी सेनाका तिर्थबहादुर तामाङलाई

बिआरटीनेपाल २०७९ जेठ १५ गते ६:११ मा प्रकाशित

अन्तर्राष्ट्रिय सगरमाथा दिवस अर्थात मे २९ को अवसरमा हरेक वर्ष आयोजना गरिँदै आएको एभरेष्ट म्याराथनको उपाधी नेपाली सेनाका तिर्थबहादुर तामाङले जित्नुभएको छ । सगरमाथा आधारशिविरदेखि नाम्चेसम्मको ४२.१९५ किलोमिटरको दुरी ३ घण्टा ५१ मिनेट ९ सेकेण्डमा पार गर्दै तामाङ विजेता बन्नुभएको हो ।

म्याराथनमा खुम्बु पासाङल्हामू–२ लुक्लाका राजकुमार राजभण्डारीले निर्धारित दुरी ३ घण्टा ५१ मिनेट ५९ सेकेण्डमा पार गर्दै दोस्रो बन्नुभएको छ भने सोलुखुम्बुकै महाकुलुङ गाउँपालिकाका सुमन कुलुङले ३ घण्टा ५३ मिनेट १० सेकेण्डमा दुरी पार गरी तेस्रो स्थान हात पार्नुभएको छ ।डेढसय भन्दा बढी नेपाली र विदेशी धावक सहभागी म्याराथनको आयोजना नाम्चे महिला समूहले गरेको हो ।

त्यस्तै, २१ किलोमिटरको हाफ म्याराथनमा जर्मनीका भेरेना स्किमेरले निर्धारित दुरी ३ घण्टा ६ मिनेट ३४ सेकेण्डमा पार गर्दै प्रथम स्थान हासिल गर्नुभएको छ । दिङबोचेदेखि नाम्चेबजारसम्मको दुरी रहेको हाफ म्याराथनमा रोमानियाका एलेना सेर्कु दोस्रो र जर्मनीकै डिटेनर स्टभ तेश्रो भएका छन् । फुल र हाफ म्याराथनमा विजयी पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः नगद पुरस्कार एक लाख रुपियाँ, ७५ हजार रुपियाँ र ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू