अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३८ | Colorodo: 09:53

अस्ट्रेलियाका उपप्रधानमन्त्रीद्धारा नेपालको प्रशंसा

बिआरटीनेपाल २०७९ जेठ १४ गते ७:५७ मा प्रकाशित

अस्ट्रेलियाका वर्तमान उपप्रधानमन्त्री रिचर्ड मार्ल्सले नेपाल साँच्चै नै जादुमय देश भन्दै बुद्धको जन्मभूमि र विश्वकै सर्वोच्च शिखर भएको देशको रूपमा प्रशंसा गरेका छन् । नेपालको राजधानी काठमाण्डौं आफैँ पनि बहुपक्षीय सम्पदाले धनी भएको बताउँदै उपप्रधानमन्त्री मार्ल्सले नेपाल भ्रमण गर्ने जो कोहीले पनि नेपालको मुक्त कण्ठले प्रशंसा नगरी रहन नसक्ने बताएका छन् ।

नेता रिचर्डको भनाइको भिडियो:

लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले नेपाल भ्रमण वर्ष २०२० का विषयमा छलफल गर्ने क्रममा नेपाल सरकारले २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिराखेको र त्यसका लागि प्रत्येक वर्ष बिस लाख पर्यटक भित्र्याउने लक्ष लिएकोले त्यस मा अस्ट्रेलियाको तर्फबाट पनि उल्लेख्य योगदान रहने कुरामा नेपाल सरकार र नेपाली समुदाय आशावादी रहेको बताएपछि उपप्रधानमन्त्री रिचर्ड मार्ल्सले उक्त कुरा बताएका हुन ।

छलफलका क्रममा नेपालमा पर्यटक भित्र्याउने नेपाल सरकारको यो महत्त्वपूर्ण कदम भन्दै नेता रिचर्डले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले अस्ट्रेलिया, नेपाली समुदायको लागि मात्रै नभएर नेपाल र अस्ट्रेलिया बिचको द्विपक्षीय सम्बन्धको लागि पनि अत्यन्तै राम्रो र महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

आफूले २०१२ मा नेपालको भ्रमण गरेको स्मरण गर्दै नेता रिचर्डले जनसङ्ख्याको दृष्टिकोणले अस्ट्रेलियाकै हाराहारीमा रहेको नेपालसँगको सम्बन्धलाई अन्य दक्षिण एशियाली मुलुकहरूसँगको सम्बन्धलाई जस्तै महत्त्व दिएको बताए । नेता रिचर्डले २०१५ मा गएको विनाशकारी भूकम्पका कारण अत्यन्तै प्रभावित भएको नेपालको पुनर्निर्माण कार्यमा अस्ट्रेलिया निवासी नेपालीहरू र अस्ट्रेलियन सरकारको योगदान द्विपक्षीय सम्बन्धको राम्रो उदाहरण भएको बताउँदै नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभेच्छा व्यक्त गरेका थिए भलाई कार्यक्रम कोभिडका कारण रद्द गर्नुपरेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू