अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२४ | Colorodo: 07:39

इन्टरनेट सेवा अबरुद्ध नगर्न प्रदायक सहमत

बिआरटीनेपाल २०७९ वैशाख २० गते ८:२८ मा प्रकाशित

देशव्यापी रुपमा बन्द हुने भनिएको इन्टरनेट सेवा बन्द नहुने भएको छ। सरकारले विदेशी मुद्रा सिफारिसमा रोक लगाएका कारण बन्द हुने भनिएको इन्टरनेट सेवा बन्द नहुने इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का अध्यक्ष सुधिर पराजुलीले बताउनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अपस्ट्रिम प्रोभाइडर्स जस्ता कम्पनीलाई भुक्तानी गर्न विदेशी मुद्रा सिफारिस गर्न पूर्ण रूपमा बन्द गरेका कारण इन्टरनेट काटिने अवस्थामा पुगेको थियो।

गत शनिबार इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले एक विज्ञप्ति जारी गर्दै इन्टरनेट बन्द भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएको थियो। सोमबार आइस्पानका प्रतिनिधि र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भेटबार्ता भएको थियो । भेटमा मन्त्री कार्की सकारात्मक देखिएपछि समस्या समाधान हुने अवस्था आएको आइस्पानका अध्यक्ष पराजुलीले बताउनुभयो ।

कम्पनीले विगत ६ महिनादेखि भारतीय कम्पनीलाई शुल्क भुक्तानी गर्न नसक्दा आगामी हप्ताबाट देशभर इन्टरनेट बन्द हुने स्थिति आएको उहाको भनाई छ । नेपालका इन्टरनेट सेवा प्रदायकहरूले भारतको टाटा, एयरटेल र सिफ्फीबाट व्यान्डविथ खरिद गर्दै आएका छन्।सञ्चार मन्त्रालयले लामो समयदेखि बेरुजु देखाएर भुक्तानी रोकिदिएको छ। ६ महिनादेखि ब्यान्डविथको रकम भुक्तानी गर्न नसकेपछि भारतीय कम्पनीले इन्टरनेट बन्द गर्ने चेतावनी दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू