अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३३ | Colorodo: 17:48

जिम्बाब्वे ‘ए’ ले नेपाललाई ६ विकेटले हरायाे

बिआरटीनेपाल २०७९ वैशाख १८ गते ५:५२ मा प्रकाशित

जिम्बाब्वे ‘ए’ सँगकाे पहिलाे टी–२० अभ्यास खेलमा नेपाल ६ विकेटले पराजित भएकाे छ । नेपालले दिएकाे एक सय ८२ रनकाे लक्ष्य जिम्बाब्वेले चार विकेट गुमाएर १८ ओभर ५ बलमा भेटायाे । जिम्बाब्वेका लागि तादिवान्से मरूमनीले ५६, टाेनी मुनयाेङ्गाले ५० र इनाेसेन्ट कायाले ४७ रन बनाए । बलिङतर्फ नेपालका बसिर अहमदले दुई विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनायाे । नेपालका लागि माेहम्मद अदिल आलमले नटआउट ४७ रन बनाए । यस्तै कुशल भुर्तेल ४६, राेहित पाैडेल ३६ र दीपेन्द्रसिंह ऐरी २८ रनमा आउट भए । बलिङतर्फ जिम्बाब्वे का ब्राड इभान्स, लुकी जाेङ्गे, ब्रान्डन मभुता र जाेन मसराले एक/एक विकेट लिए ।

नेपाल र जिम्बाब्वे ए ले तीन खेलकाे टी–२० क्रिकेट र तीन खेलकाे एकदिवसीय क्रिकेट खेल्ने तालिका छ । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय शृङ्खलाकाे तयारीका लागि नेपालले जिम्बाब्वे ‘ए’ सँग शृङ्खला खेल्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू