अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३० | Colorodo: 08:45

स्कटल्यान्डमा नेपाली नर्सहरूको संस्था गठन

बिआरटीनेपाल २०७९ वैशाख १४ गते २०:३५ मा प्रकाशित

स्कटल्यान्ड । नेपलिज नर्सिङ एसोसिएसन युकेको सहकार्यमा स्कटल्यान्डमा पहिलो पटक नेपाल नर्सिङ एसोसिएसन स्कटल्यान्डको गठन गरेको छ। सामाजिक अभियन्ता एवं लामो समय देखि नर्सिङ पेसामा अनुभव भएकी सरोजा अर्यालको अध्यक्षतामा गठित समितिमा नर्सिङ पेसामा आबद्ध अनुभवी व्यक्तित्वहरूको संलग्नता रहेको छ। कार्यसमितिकाको उपाध्यक्षमा निशा विष्ट, सचिवमा देवी कँडेल चयन हुनु भएको छ । संस्थाको यस्तै सहसचिवमा कविता हुमागाईं, कोषाध्यक्षमा सर्विना बज्राचार्य, सह कोषाध्यक्षमा सुषमा अर्याल तथा डण्डी एरिया को ओर्डिनेटरमा चन्द्र रेखा अधिकारी रहनु भएको छ । एसोसिएसनको मुख्य सल्लाहकार एवं स्टुडेन्ट कोओऱडिनेटरमा डा. राधा अधिकारी रहनु भएको छ । यस्तै गरी क्यामपेनरहरुमा अनु श्रेष्ठ, उषा सेढाई, शमिला कार्की सुस्मिता गुरुङ, बन्दना अर्याल, अंशु भट्टराई, निशा अर्याल र सजना भट्टराई रहनु भएको छ ।

एसोसिएसन गठनको भेलामा विभिन्न वक्ताहरूले स्कटल्यान्डमा नेपाली नर्सहरूको सङ्गठनको आवश्यकता र नेपाली नर्सहरू बिच सद्भाव र सहयोगको लागि समिति गठनको औचित्यबारे प्रकाश पारेका थिए । उक्त अवसरमा डा. राधा अधिकारीले नेपाली नर्सहरूको अवस्था र संस्थाले गर्नुपर्ने सहयोगको बारेमा प्रकाश पार्नु भएको थियो । नवगठित कार्य समितिले स्कटल्यान्डमा रहेका नेपाली नर्सलाई आवश्यक परेको अवस्थामा सहयोग सुझाव सल्लाह दिनु साथै नेपालको स्वस्थ सेवामा आवश्यक सहयोग गर्ने जनाएको छ ।

उक्त समिति नेपलिज नर्सिङ एसोसिएसन युके कि अध्यक्ष सुनिता गौतमको सहयोग र मार्गदर्शन अनुसार गठन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू