अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

भारतको असाममा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ वैशाख १ गते ७:१८ मा प्रकाशित

भारतको असाम राज्यमा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु भएको छ । आसम मेडिकल कलेज एन्ड हस्पिटलका डाक्टर प्रशान्त दिहिङ्गियाका अनुसार असामको विभिन्न ४ जिल्लामा विषालु च्याउको सेवनले पछिल्लो २ दिनमा १३ जनाको मृत्यु भएको छ । विषालु च्याउको सेवनले ३५ जना बिरामी भएका छन् ।

उनीहरूको उपचार अहिले भइरहेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको छ । तर, बिरामी भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार सामान्य च्याउ सम्झेर खाएका उनीहरूलाई वान्ता हुने, पेट दुख्ने जस्ता समस्या देखिएको डा. प्रसान्तले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू