अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

हलिउड अभिनेता विल स्मिथलाई ओस्कारमा उपस्थित हुन प्रतिबन्ध

बिआरटीनेपाल २०७८ चैत २६ गते ७:५९ मा प्रकाशित

हलिउड अभिनेता विल स्मिथलाई पछिल्ला दश वर्षका ओस्कारमा उपस्थित हुन प्रतिबन्ध लगाइएको छ । हालै ओस्कार समारोहमा हाँस्य कलाकार क्रिस रकमाथि थप्पड हानेको आरोपमा उनीमाथि प्रतिबन्ध लगाइएको हो ।

यसबाहेक, स्मिथलाई आगामी दशकको लागि एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एण्ड साइन्सका कुनै पनि कार्यक्रममा उपस्थित हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ । तर, किङ्ग रिचर्डको लागि उनले पाएको सर्वश्रेष्ठ अभिनेता पुरस्कार फिर्ता लिने वा वा भविष्यमा ओस्कारमा मनोनित हुन पाउने वा नपाउने भन्ने बारे स्पष्ट पारिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू