अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

अमेरिकी सर्वोच्च अदालतमा पहिलोपटक अश्वेत महिला न्यायाधीश

बिआरटीनेपाल २०७८ चैत २५ गते ६:२१ मा प्रकाशित

अमेरिकाको सर्वोच्च अदालतको २ सय ३३ वर्षको इतिहासमा कन्टाजी ब्राउन ज्याक्सन न्यायाधीश बन्ने पहिलो अश्वेत महिला बनेकी छन् । अमेरिकी सिनेटले ज्याक्सनको नाम न्यायाधीशमा अनुमोदन गरेको छ । सर्वोच्च अदालतको ९ सदस्यीय बेन्चमा बस्ने ज्याक्सन पहिलो अश्वेत महिला बन्नेछिन् ।

राष्ट्रपति जो बाइडेनले आफ्नो चुनावी अभियानको क्रममा सर्वोच्च अदालतमा अश्वेत महिला न्यायाधीश नियुक्त गर्ने बाचा गरे अनुसार ज्याक्सनलाई न्यायाधिसमा सिफारिस गरिएको जनाइएको छ ।

तीन रिपब्लिकन सिनेटरले आफ्नो पार्टीगत ‘लाइन क्रस’ गरेर न्यायाधीश ज्याक्सनको पक्षमा मतदान गरेको बताईएको छ । सिनेटमा मतदानको अध्यक्षता पनि पहिलो अश्वेत महिला उपराष्ट्रपति कमला ह्यारिसले गरेकी थिइन । ५१ वर्षीया ज्याक्सनले हावर्ड विश्व विद्यालयबाट दुई विषयमा डिग्री हासिल गरेकी छन् । सर्वोच्च अदालतमा ६ जना कन्जरभेटिभ न्यायाधीश रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू