अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४८ | Colorodo: 11:03

संसदीय निर्वाचनमा तीन सिट जितेर देखाउन माधव नेपाललाई ओलीकाे चुनौती

बिआरटीनेपाल २०७८ चैत २५ गते ६:०० मा प्रकाशित

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिनुभएको छ ।आज (शुक्रबार) काठमाडौंमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौंथो राष्ट्रिय महाधिवेशनलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अध्यक्ष ओलीले पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दूरुपयोग गरेर पार्टी फुटाउने काम गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

उहाँले २३ सिट पाउने हुत्ति नभएको भन्दै माधव नेपालले आगामी संसदीय निर्वाचनमा ३ सिट ल्याएर देखाउन चुनौती दिनु भयो । जनादेशको दूरुपयोग गर्नेहरुलाई देखाउने गरी चुनावको तयारी गर्न पनि पार्टी निकट स्वास्थ्यकर्मीहरुलाई अध्यक्ष ओलीले निर्देशन दिनुभयो । उहाँले भन्नु भयो, ‘५४ सिट दिइयो प्रचण्डलाई । तर भस्मासुर शैलीमा त्यसलाई दुरुपयोग गरे । ४ वटा सिट आउँदैन भनेर हामीसँग प्रचण्ड मिलेको होईन ।

माधव नेपाल २२/२३ सिट ल्याउने हुत्ति भएको मानिस हो ? उनको नेतृत्वमा । अब ३ सिट ल्याएर देखाउन त ? त्यो हुत्ति भएका मान्छे हुन । तर पार्टी भित्रको कुरा दिइयो साथीहरुलाई । यो हिजोको चुनावको परिणाम हो । अब आजको चुनावको परिणाम होईन । म साथीहरुलाई भन्न चाहन्छु–अब वैशाख ३० गतेको चुनावको परिणाम र त्यसपछिको चुनावको परिणाम बेग्लै हुन । अघि खगराजजीले पनि भनिसक्नु भयो । त्यो बेग्लै बनाउन तपाई हामी लाग्नु पर्दछ नागरिकको हैसियतले ।’

अध्यक्ष ओलीले एउटा नागरिकको हैसियतले सरकारले गरेका राम्रा कामको समर्थन गर्न र नराम्रा कामको विरोध गर्न पनि स्वास्थ्यकर्मीहरुले सक्नुपर्ने बताउनुभयो । उहाँले मेडिकल कलेज र इन्जिनियरिङ कलेज खोल्नै नदिन मतियारहरु सक्रीय रहेको बताउनुभयो । वरिष्ठ चिकित्सक गोविन्द केसीप्रति संकेत गर्दै उहाँले म नखाऊ भनेपछि सरकार थरर काम्ने गरेको पनि बताउनु भयो ।

विद्यार्थी बाहिर पढाउने र कमिशन खान पल्केकाहरुले नै नेपालजस्तो स्वास्थ्यको हव बन्न लायक मुलुकमा मेडिकल कलेज नै खोल्न नदिने अवस्था आएको ओलीको तर्क थियो । उहाँले भन्नु भयो, ‘स्वास्थ्य क्षेत्रलाई प्रदुषित गर्ने तत्वहरु सक्रिय छन । एकदमै सक्रिय छन । नेपालमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोज्ने, स्वास्थ्य शिक्षाको नियोजन गर्न खोज्ने, यहाँ त स्वास्थ्यको, स्वास्थ्य शिक्षाको त हव हुनुपर्छ नेपाल ।

विश्वको शिक्षा केन्द्र हुनुपर्दछ यो । विश्वको हेल्थ युनिभर्सिटी हुनु पर्दछ नेपाल । विश्व हेल्थका निम्ति मोडल हस्पिटलहरु हुनुपर्दछ यहाँ । नामको मोडेल भनेको होईन मैले । कामको मोडल हुनुपर्यो । यहाँ त एउटा म नखाउ त नखाउ भनेपछि सरकार थरर । अनि एकथरी विद्याथी बाहिर पठाउने मतियार छन र त्यसबाट कमिशन खान्छन ।

तिनीहरुले फेसबुक क्याम्पियन चलाउछन । यहाँ खोल्न नपाउने इन्जियनियरिङ र मेडिकल छन के । जेसुकै खोल्नुस तर यहाँ हेल्थ एजुकेशन चलाउन पाईदैन । धेर भईसक्यो यहाँ । यहाँ विद्यार्थी बाहिर पठाउने कारोबारमा नोक्सान पर्न थालिसक्यो । इन्जिनियरिङ कलेज खोल्नका लागि पूर्वाधार तयार छ । भवन तयार छ । टिचर तयार छन । तर स्विकृति दिइदैन । यहाँ खोल्न मिल्दैन । राष्ट्रिय हितलाई केन्द्रमा राखेर बोल्नुपर्छ हामीले ।’

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले परीक्षण ल्यावसम्म नभएको अवस्थामा (कोभिड-१९) काे नियन्त्रणका लागि तत्कालीन आफू नेतृत्वको सरकारले असाधारण सफलता हासिल गरेको पनि स्मरण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू