अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२२ | Colorodo: 11:37

अमेरिकाकाे क्यालिफाेर्नियामा गाेली चल्दा ६ जनाको ज्यान गयाे, ९ घाइते

बिआरटीनेपाल २०७८ चैत २१ गते ७:५२ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी साक्रामेन्टोमा गाेली हानाहान हुँदा गोली लागि ६ जनाको ज्यान गएकाे प्रहरीले जानकारी दिएकाे सिन्ह्वाले बताएकाे छ । याे घटनामा कम्तीमा नौ जना घाइते भएका स्थानीय प्रहरीले आज आइतवार जानकारी गराएको छ । प्रहरी विभागले ट्वीटमार्फत् दिएकाे जानकारीमा भनिएको छ, घटनामा कम्तीमा १५ जनालाई गोली लागेको र उनीहरूमध्ये ६ जनाको ज्यान गएकाे छ ।

साक्रामेन्टोमा आज बिहानै गोली हानाहान भएपछि प्रहरीले धेरै सडक बन्द गरको थियो । विगत केही वर्षमा अमेरिकाभरि बन्दुक आक्रमण बढ्दै गएको छ ।

बन्दुक हिंसाको तथ्याङ्क सङ्कलन गर्न सक्रिय गैरनाफामूलक अनुसन्धान समूह, ‘गन भाइलेन्स अर्काइभ’ ले गरेको एक अध्ययनअनुसार यस वर्षसम्म देशमा बन्दुकको हिंसाका कारण १७ हजार मानिस घाइते भएका छन् भने तीमध्ये सयौँको ज्यान गएकाे छ । यस अवधिमा अमेरिकामा कम्तीमा एक सय १० ठाउँमा सामूहिक आक्रमण भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू