अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४२ | Colorodo: 12:57

हङ्गेरी : संसदीय चुनावमा सत्ता गठबन्धन विजयी, भिक्टाेर अर्बान पाँचाैँ पटक प्रधानमन्त्री बन्ने

बिआरटीनेपाल २०७८ चैत २१ गते ७:४३ मा प्रकाशित

हङ्गेरीमा भएको संसदीय चुनावमा प्रधानमन्त्री भिक्टोर अर्बान नेतृत्वको गठबन्धन नै विजयी भएको छ । उहाँ अब पाँचौँ पटक देशको प्रधानमन्त्री बन्नु हुने भएको छ ।नयाँ संसद् गठनका लागि हिजो आइतवार भएको चुनावमा सत्तारुढ दल फिडेस नेतृत्वको केडीएनपी गठबन्धन विजयी भएको हो । मतपरिणाम सार्वजनिक भएसँगै सत्तारुढ दलका नेताहरूले देशभरी खुसीयाली मनाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फिडेस नेतृत्वको गठबन्धनले ७१ प्रतिशत मतगणना हुँदा नै ५४ दशमलव ६५ प्रतिशत मत प्राप्त गरेको थियो । एक सय ९९ संसदीय सिटमध्ये एक सय ३४ सिटमा सत्तारुढ गठबन्धन विजयी भएको छ । यसअघि सन् २०१८ मा भएको चुनावमा भिक्टोरको गठबन्धनले एक सय ३३ सिटमा जित हासिल गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू