अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१९ | Colorodo: 15:34

युक्रेनमा रुसी सेनाको नयाँ रणनीति,माइन बिछ्याएर पछि हट्दै

बिआरटीनेपाल २०७८ चैत २० गते ८:०९ मा प्रकाशित

युक्रेनले रुसी सेनाले माइन (विस्फोटक पदार्थ) बिछ्याएर युक्रेनका सहरहरु खाली गर्न थालेको आरोप लगाएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको आइतबार (आज) ३९ दिन पुगेको छ । युक्रेनी सेनाले बहादुरीपूर्वक रुसी सेनाबिरुद्ध आक्रमण गरिरहेका छन् । रुसले सोचे विपरित युक्रेन युद्ध लम्बिएको छ । रुसले युक्रेन कब्जा गर्न समय नलाग्ने आकलन गरेको थियो । यो युद्ध कहिले अन्त्य हुने हो भन्ने यकिन छैन । रुसले युक्रेनलाई कब्जामा लिन बिना कारण आक्रमण गरेको हो ।

तर रुसले आक्रमणका लागि बिभिन्न बहाना बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । युद्ध लम्बिदै जानु र रुसले सफलता पनि प्राप्त नगरिरहेको अवस्थामा रुसी सेना युक्रेनको उत्तरी क्षेत्र छोडेर बिस्तारै पछि हट्दै गइरहेका छन् । तर उनीहरुले कुटिल चाल चलेर पछि हटेको युक्रेनको दाबी छ ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सैनिकले युक्रेनका विभिन्न स्थानमा माइन बिछ्याएको दावी गर्नुभएको छ । उहाँले रुसी सेनाले युक्रेनीका घर र सडकहरुमा छरिएका मानिसका शबहरु,मालसामन लगायतमा माइन बिछ्याएर उनीहरु पछि हटेका आरोप लगाउनु भएको छ ।

गत साता रुसले युद्धको क्रममा पूर्वी युक्रेनमा ध्यान केन्द्रित गर्न उत्तरी कीभ र चेर्निहाइभबाट सेना घटाउने निर्णय गरेको थियो । चेर्निहाइभका गर्भनर भ्याचेस्लाभ चाउसले पनि जेलेन्स्कीको दावी सही भएको बताउनुभएको छ । यसबारे रुसी रक्षा मन्त्रालयले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । युक्रेनले रुसी सेना हटेको क्षेत्रहरुमा सावधानी अपनाउन आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ । रुसी सैनिकले बिछ्याएका माइनका कारण दुर्घटना हुनसक्ने भन्दै यसले यस्तो आग्रह गरेको हो ।

गत फेब्रुअरी २४ बाट रुसले युक्रेनमाथि आक्रमण गरेको हो । झण्डै १ करोड युक्रेनी नागरिक युद्धबाट ज्यान जोगाउन छिमेकी देशहरुमा शरण लिन पुगेका छन् । युक्रेनको अवस्था निकै पीडादायक रहेको संचारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू