अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०३ | Colorodo: 11:18

कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वभर ६१ लाख ७४ हजार भन्दा बढिको मृत्यु

बिआरटीनेपाल २०७८ चैत २० गते ८:०१ मा प्रकाशित

कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वभर ६१ लाख ७४ हजार भन्दाबढिको मृत्यु भएको छ । ४९ करोड ११ लाख ५१ हजार ६ सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुँदा ६१ लाख ७४ हजार ९ सय ९६ जनाको मृत्यु भएको हो । भने ४२ करोड ५९ लाख ५५ हजार ९ सय ९६ जना निको भएका छन् ।

संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढि ८ करोड १८ लाख २६ हजार ३ सय ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुँदा १० लाख ८ हजार १ सय ५९ जनाको मृत्यु भएको छ भने भारतमा हालसम्म ४ करोड ३० लाख २८ हजार १ सय ३१ जनामा सङ्क्रमण पुष्टि हुँदा ५ लाख २१ हजार ३ सय ७४ को मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू