अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१५ | Colorodo: 10:30

श्रीलंकामा प्रदर्शन नियन्त्रण गर्न ३६ घण्टे कर्फ्यु आदेश जारी

बिआरटीनेपाल २०७८ चैत २० गते ७:५७ मा प्रकाशित

आर्थिक संकटमा फसेको श्रीलंकामा प्रदर्शन नियन्त्रणमा राख्न कर्फ्यु लागू भएको छ ।सरकार विरोधी प्रदर्शन बढ्दै गएपछि शनिबार देशब्यापी संकटकाल लागू गरेको सरकारले आज आइतबारदेखि ३६ घण्टे कर्फ्यू आदेश जारी गरेको हो ।

श्रीलंकामा औषधि, खाद्यान्न र इन्धनलगायत अत्यावश्यक सामग्रीको अभाव भएपछि सर्वसाधारण दिनहुँ प्रदर्शनमा उत्रिएका छन् । गत बिहीबार प्रदर्शनकारीले राष्ट्रपतिको निजी निवास क्षेत्रमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । लगातार रुपमा भइरहेको सरकार बिरुद्धका प्रदर्शनबाट त्यहाँको जनजीवन थप अस्तब्यस्त बनेको छ ।

संकटकाल घोषणापछि सेना समेत परिचालन गरिएको छ भने शंकास्पद व्यक्तिलाई तत्काल पक्राउ गर्न सक्ने अधिकार दिईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू